साउन ११ काठमाडौं । भारतको भुवनेश्वरमा जारी साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा नेपालले आज बुधबार आफ्नो दोस्रो खेल खेल्दैछ ।
नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्न लागेको हो । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने नेपाल र श्रीलंकाबीचको खेल साँझ ७:१५ बजेबाट सुरु हुनेछ ।
नेपाल आज श्रीलंकालाई हराउँदै लगातार दोस्रो जित निकाल्न चाहन्छ । यस अघि सोमबार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले हराएको थियो ।
च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।



