साउन ११ काठमाडौं । भारतको भुवनेश्वरमा जारी साफ यू-२०च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ ।
बुधबार आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकामाथि ३-० गोलको रोमाञ्चक जित निकालेको हो । नेपालको जितमा कप्तान आयुष घलान, कृतिस रत्न छुन्जु, मनग्य नकर्मीले समान १/१ गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा सानदार सुरुवात गरेको थियो ।
नेपालका लागि खेदको ५८औं मिनेटमा कप्तान आयुष घलानले सानदार गोल गरि खेलमा १-० गोलको अग्रता दिलाएका थिए ।
त्यस्तै खेलको ६५औं मिनेटमा नेपालका लागि कृतिस रत्न छुन्जुले गोल गरि २-० गोलको आरामदायी अग्रता दिलाए । भने खेलको ८४ औं मिनेटमा मनग्य नकर्मीले गोल गरि नेपालको सहज जित पक्का गरे । त्यसपछि बाँकी समय थप गोल नहुँदा नेपालले खेलमा ३-० गोलको जित निकाल्यो ।
उक्त जित सँगै नेपालले २ खेलबाट ६ अंक जोडेको छ । नेपालले यसअघि आफ्नो पहिलो खेलमा मालदिभ्समाथि ४-० गोलको सानदार जित निकालेको थियो । यता पाराजित श्रीलंकाको भने यो लगातार दोस्रो हार हो ।



