शुक्रबार, भाद्र २६ गते २०८३
images

अमेरिकाद्वारा अफगानिस्तानबाट अहिलेसम्म ८२ हजारभन्दा बढीको उद्धार

एक्सप्रेस पाना
भाद्र १०, २०७८ बिहीबार
  • 260
    SHARES
  • अमेरिकाद्वारा अफगानिस्तानबाट अहिलेसम्म ८२ हजारभन्दा बढीको उद्धार

    भदौ १० काठमाडौं । पछिल्लो समय काबुल तालिबानहरुले कब्जा गरे पछि अमेरिकाले अफगानिस्तानबाट अहिलेसम्म ८२ हजारभन्दा बढीलाई उद्धार गरिएको जनाएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले बुधबारसम्ममा ८२ हजार ३०० भन्दा बढी मानिसलाई उद्धार गरिएको जनाएको हो । 

    images

    अमेरिकाले पछिल्लो २४ घण्टामा मात्रै १९ हजारभन्दा बढीलाई उद्धार गरिएको पनि विवरण सार्वजनिक गरेको छ । 

    अफगानिस्तान छाड्न चाहेका मानिसहरूलाई अमेरिकाले यही अगस्त १४ देखि उद्धार गर्न थालेको हो । ह्वाइट हाउसका सह प्रवक्ता एन्डे«उ बाट्सले भने, “उद्धार कार्य सुरु भएदेखि अहिलेसम्म कुल ८२ हजार ३०० भन्दा बढीलाई उद्धार गरिएको छ । तीमध्ये १९ हजारलाई पछिल्लो एक दिनमा उद्धार गरिएको छ ।”

    images

    जुलाईदेखिकै हिसाब गर्ने हो भने ८७ हजार ९०० भन्दा बढी पुगेको पनि उहाँले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ । तालिबान विद्रोहीहरुले अफगानिस्तानको केन्द्रीय राजधानी काबुल कब्जा गरेपछि अमेरिकी सेनाले काबुल विमानस्थल नियन्त्रणमा लिएर अफगानिस्तान छाड्न चाहनेहरुलाई बाहिरिन सहयोग गरेको थियो । 

    अमेरिकाले आफ्ना नागरिक, अफगानिस्तानका नागरिकसँगै अन्य देशका नागरिकहरुलाई पनि बाहिरिन मद्दत गरेको हो । एएनआई