साउन १२ काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आज जारी गरेको एकदिवसीय नयाँ वरियतामा नेपाल यथावत स्थानमा रहन सफल भएको छ ।
आइसिसीले सार्वजनिक गरेको नयाँ वरियता अनुसार नेपाल १९औं स्थानमा यथावत् रहन सफल भएको हो । अघिल्लो वरियतामा पनि नेपाल १९औं स्थानमा रहेको थियो ।
नयाँ वरियतामा न्यूजील्याण्ड पहिलो स्थानमा रहेको छ भने इङ्ग्ल्यान्ड दोस्रो स्थानमा रहेको छ । त्यस्तै भारत तेस्रो स्थानमा रहँदा पाकिस्तान चौथो तथा अष्ट्रेलिया पाँचौं स्थानमा रहेको छ । यसैगरी साउथ अफ्रिका छैटौं, बङ्गलादेश सातौं, श्रीलङ्का आठौं, वेष्टइन्डिज नवौं तथा अफगानिस्तान दशौं स्थानम रहेको छ ।



