शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रचण्ड र युरोपेली युनियनका राजदूत डेप्रेजबीच भेटवार्ता, के भयो कुराकानी ?

एक्सप्रेस पाना
श्रावण १३, २०७९ शुक्रबार
  • 447
    SHARES
  • प्रचण्ड र युरोपेली युनियनका राजदूत डेप्रेजबीच भेटवार्ता, के भयो कुराकानी ?

    साउन १३ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र यूरोपेली युनियनकी राजदूत नोना डोप्रेजबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न डोप्रेजसहितको टोली खुमलटार पुगेको हो ।

    images

    भेटमा शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन र नेपालको विकास प्रक्रियामा युरोपेली युनियनको साथ रहेको उनले बताएकी छन् । प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार नेपालको शान्ति प्रक्रिया सकरात्मक दिशामा अघि बढेको टिप्पणी गरेकी छन् ।

    उनका अनुसार प्रचण्डले युरोपेली युनियनलाई सहयोगका लागि धन्यवादसहित नेपालको शान्ति र विकासको लागि साथ र सहयोग रहने विश्वास व्यक्त गरेका छन् ।

    images

  • सम्बन्धित विषय:

  • # प्रचण्ड