शुक्रबार, श्रावण २९ गते २०८३
images
images

श्रीलंकामाथि भारतको सहज जित

एक्सप्रेस पाना
श्रावण १३, २०७९ शुक्रबार
  • 386
    SHARES
  • श्रीलंकामाथि भारतको सहज जित

    साउन १३ काठमाडौं । आयोजक राष्ट्र भारतले जारी साफ यू-२० च्याम्पियनसिप फुटबलमा पहिलो जित दर्ता गरेको छ ।

    images

    भुवनेश्वरस्थित कालिंगा स्टेडियममा शुक्रबार भएको खेलमा घरेलु टोलीले श्रीलंकालाई ४-० गोल अन्तरले हराउँदै पहिलो जित निकालेको हो ।

    साविक विजेता समेत रहेको भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगाईले दुई गोल गरे । यस्तै हिमान्सु जान्ग्रा र गुर्किरात सिंहले समान ११ गोल गरे । उक्त सबै गोल भारतले दोस्रो हाफमा गरेको थियो ।

    images

    यस जितसँगै भारतले दुई खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा भारत बंगलादेशसँग पराजित भएको थियो । श्रीलंकाको यो लगातार तेस्रो हार हो । श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ ।

     

  • सम्बन्धित विषय:

  • # फुटबल