साउन १४ काठमाडौं । नेप्लिज क्यानडियन क्रिकेट क्लबले एनसीसी कप २०२२ पाचौ संस्करण आयोजना गर्ने भएको छ।
अगस्ट १३ र १४ गते डीक्सी -४०७ क्रिकेट ग्राउण्डमा आयोजना हुने जनाएको छ। त्यसका लागि टिम रजिष्ट्रेसन र खेलाडी दर्ता खुल्ला गरेको जानकारी नेप्लिज क्यानडियन क्रिकेट क्लबका अध्यक्ष किरोज श्रेष्ठ ले जानकारी दिए।
नेप्लिज क्यानडियन क्रिकेट क्लबलका सचिव विनय यादवले हामी यस प्रतियोगिा गर्न उत्साहित छौ नेपाल र क्यानाडाको एतिहासिक खेल सम्प्पन गर्न हामी सफल भयौं त्यस पश्चात अब यस प्रतियोगिता लाई पनि सफल पार्न हामी नेपलिज क्यानडियन क्रिकेट क्लब परिवार उत्साहित छौू उनले भने ।
विजेता टिमले यस प्रतियोितामा दुई हजार क्यानडियन डलर साथै उपविजेताले एक हजार क्यानडियन डलर पुरस्कार रहेको छ ।
प्रतियोगिताको ड्राफ्ट जुलाई ३१ मा हुनेछ ।एनसीसी कपको चौथो संस्करण ब्रेक एन्ड प्ले ले उपाधि जितेको थियो।



