शुक्रबार, श्रावण २९ गते २०८३
images
images

आहा रारा गोल्डकप घाटामा

एक्सप्रेस पाना
श्रावण १४, २०७९ शनिबार
  • 405
    SHARES
  • आहा रारा गोल्डकप घाटामा

    साउन १४ काठमाडौं । पोखराको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको २०औं संस्करणमा आयोजकलाई तीन लाख ४७ हजार ८ सय घाटा लागेको छ ।

    images

    प्रतियोगिताको आयोजक सहारा क्लब पोखराले पत्रकार सम्मेलन आयोजना गरी आयव्यय सार्वजनिक गरेको हो । प्रतियोगितामा विभिन्न प्रायोजन तथा सङ्घसंस्थाबाट कूल आम्दानी ६६ लाख ४१ हजार एक सय ८१ भएकामा खर्च ६९ लाख ८९ हजार भएको क्लबले जनाएको छ । 

    कोभिड-१९ को सङ्क्रमणका कारण सेमिफाइनल र फाइनल खेलमा बाहेक बिना दर्शक खेलाइएको प्रतियोगितामा १२ लाख ६२ हजार ८ सय २६ नोक्सान भए पनि विषम् परिस्थितिलाई मध्यनजर गरी सहारा हङकङबाट पाँच लाख एक हजार, सहारा युकेबाट तीन लाख र सहारा अष्ट्रेलियाबाट एक लाख थप सहयोग प्राप्त भएकाले नोक्सान कम भएको अर्थ सङ्कलन उपसमिति संयोजक सुनिल गुरुङले बताए ।

    images

    प्रतियोगितालाई मुख्य प्रायोजक हिमश्री फुड्स्बाट १३ लाख ५१ हजार, गण्डकी प्रदेश खेलकुद परिषद् पाँच लाख, राष्ट्रिय खेलकुद परिषद् चार लाख ९२ हजारसहित विभिन्न सङ्घ संस्थाबाट सहयोग प्राप्त भएको थियो ।

    यसैगरी खेलाडी दैनिक भ्रमण खर्चमा २७ लाख ४८ हजार एक सय ५०, टिम प्रोत्साहन खर्च १७ लाख ९३ हजार नौ सय ५०, रेफ्री खर्च चार लाख २६ हजार आठ सय ८५, प्रचारप्रसार, आयोजक टिम तयारी लगायत शीर्षकमा खर्च भएको क्लबले जनाएको छ । गत माघ ६ देखी १५ गतेसम्म २०औं संस्करणको प्रतियोगिता सञ्चालन भएको थियो । 

    प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको नेपाल एपीएफ फुटबल क्लबले मनाङ मस्र्याङ्दी फुटबल क्लबलाई पेनाल्डीमा हराउँदै उचालेको थियो । सहाराले फुटबल प्रतियोगिता आयोजनाबाट सङ्कलित रकमबाट सहारा फुटबल एकेडेमी सञ्चालन गर्दै आएको छ ।

    #फाइल तस्बिर

  • सम्बन्धित विषय:

  • # फुटबल