साउन १४ काठमाडौं । घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलको नेपाल सहज समूहमा परेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले आज शनिवार गरेको समूह विभाजनमा नेपाल सहज समूहमा परेको हो ।
साफ च्याम्पियनसिपमा सहभागिता जनाउने ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा श्रीलंका र भुटान रहेको छ ।
यस्तै समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ । साफको लागि नेपाली टोली यतिबेला बन्द प्रशिक्षणमा रहेका छन् ।



