साउन १४ काठमाडौं । श्रीलंकामा आयोजना हुने साफ यू-१७ च्याम्पियनसिपको समूह सार्वजनिक भएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले आज शनिवार यू-१७ साफको समूह विभाजन सार्वजनिक गरेको हो । उक्त विभाजन अनुसार नेपाल समूह बी मा परेको छ । नेपाल रहेको समूहमा भारत र भुटान रहेका छन् ।
यस्तै समूह ए मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेको छ । श्रीलंकामा आयोजना हुने साफ यू-१७ आगामी सेप्टेम्बर ५ बाट हुनेछ । नेपालले यू-१७ साफका लागि खेलाडी छनोट गरिरहेको छ ।



