साउन १४ काठमडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ मा संघीय निर्वाचन हुने बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले संघ र प्रदेशको निर्वाचन मंसिर ४ मा हुने पक्का भएको बताएका हुन् ।
उनले आफूले हिजो प्रधानमन्त्री शेर बहादुर देउवासँगको छलफलमा ४ मंसिरमा चुनाव हुने पक्का भएको उल्लेख गरे । उनले भने, ‘हिजो प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा भएको थियो । अब निर्वाचन मंसिर ४ गते हुने पक्काजस्तै भएको छ ।’



