साउन १५ काठमाडौं । भारतको भुवनेश्वरमा जारी साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज तेस्रो खेलमा भारतको सामना गर्दैछ ।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले घरेलु टोली भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल बेलुका ७:१५ बजे सुरु हुनेछ । भारतविरुद्ध मैदान उत्रदा नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ । तर, बलियो भारतविरुद्ध नेपाललाई जित निकाल्न सहज भने हुने छैन ।
यस अघि नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ४-० गोल अन्तरले हराएको थियो भने दोस्रो खेलमा नेपालले श्रीलंकालाई ३-० गोल अन्तरले हराएको थियो ।



