शुक्रबार, श्रावण २९ गते २०८३
images
images

महिला साफ : उद्घाटन खेलमा नेपाल र भुटान भिड्ने

एक्सप्रेस पाना
श्रावण १६, २०७९ सोमबार
  • 343
    SHARES
  • महिला साफ : उद्घाटन खेलमा नेपाल र भुटान भिड्ने

    साउन १६ काठमाडौं । आगामी भदौ २१ गते देखि असोज ३ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने साफ महिला च्याम्यिासिपको खेल तालिका सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आइतबार महिला साफको खेल तालिका सार्वजनिक गरेको हो ।

    images

    उक्त ड्र अनुसार नेपाल र भुटानले उद्घाटन खेलमा प्रतिस्पर्धा गर्ने भएका हुन् । यो खेल भदौ २१ गते साँझ ५:३० बजेबाट सुरु हुनेछ । 

    यस्तै दोस्रो दिन भदौ २२ गते दुई खेल हुनेछ । जसमा पहिलो खेल दिउँसो १ बज भारत र पाकिस्तान तथा साँझ ५:३० बजे माल्दिभ्स र बंगलादेश खेल्नेछन् । यस्तै नेपालले आफ्नो दोस्रो खेलमा  २८ गते श्रीलंकासँग खेल्नेछ ।

    images

    प्रत्यक समूहको पहिलो र दोस्रो हुने टोली सेमिफाइनलमा पुग्नेछ । भदौ ३१ गते सेमिफाइनलका दुई खेल हुनेछ । । यस्तै फाइनल खेल असोज ३ गते साँझ ५ बजेबाट सुरु हुनेछ । सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । यस्तै समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान छन् ।

    May be an image of ‎text that says

  • सम्बन्धित विषय:

  • # साफ महिला च्याम्पियनसिप