शुक्रबार, श्रावण २९ गते २०८३
images
images

साफ च्याम्पियनसिप : नेपालले आज बङ्लादेशसँग खेल्दै

एक्सप्रेस पाना
श्रावण १७, २०७९ मंगलबार
  • 638
    SHARES
  • साफ च्याम्पियनसिप : नेपालले आज बङ्लादेशसँग खेल्दै

    साउन १७ काठमाडौं । भारतमा जारी २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज बङ्लादेशसँग खेल्दैछ । खेल दिउँसो सवा चार बजे भारतको भुवनेश्वरमा रहेको कालीङ्गा मैदानमा हुनेछ ।

    images

    नेपालले यसअघि खेलेका तीन खेलमा दुईमा जित र एकमा हार बेहोरेको थियो । नेपाल आइतवार भएको खेलमा साविक विजेता भारतसँग ८–० गोलले पराजित भएको थियो । नेपालको फाइनल पुग्न सक्ने झिनो सम्भावना बाँकी छ । नेपाल अङ्क तालिकाको तेस्रो स्थानमा छ ।

    बङ्लादेश ३ खेलमा ९ अङ्ककासाथ शीर्ष स्थानमा छ । नेपाल र भारतको समान ३ खेलमा ६ अङ्क भए पनि हेड टु हेडमा भारत अघि छ । माल्दिभ्स र श्रीलङ्का प्रतियोगिताबाट बाहिरिएका छन् । नेपालले आजको खेलमा बङ्लादेशलाई हराउन सके र अर्को खेलमा भारत माल्दिभ्ससँग पराजित भए नेपाल फाइनल पुग्नेछ ।

    images

  • सम्बन्धित विषय:

  • # फुटबल