साउन १७ काठमाडौं । भारतको भुवनेश्वरमा जारी साफ यू२० च्याम्पियनसिप फुटबलमा नेपालले बंगलादेशमाथि १-१ गोलको बराबरीमा सकिएको छ ।
खेलमा १-० गोलले पछि परेको नेपालले बराबरी गर्न सफल भएको हो । नेपालका लागि निराजन मल्लले गोल गरे
खेलमा दुबई टोली १० खेलाडीमा समेटिएका थिए । बंगलादेशका साहिदुल इस्लामले दोस्रो पहेंलो कार्डसँगै रातो कार्ड खाँदा नेपालका दीपेश गुरुङ सिधै रातो कार्ड खाँदै बाहिरिए । मैदानभित्र पसेर झगडा गरेका कारण बेन्चका वैकल्पिक खेलाडी रोहित सुब्बाले पनि रातो कार्ड पाए ।
दोस्रो हाफको खेलको ६३औं मिनेटमा बंगलादेशले खेलमा १-० गोलको अग्रता बनायो । तर उक्त अग्रता धेरै बेर टिकाउन सकेन ।
यता नेपालका लागि निराजन मल्लले खेलको ६८औं मिनेटमा गोल गरि नेपाललाई खेलमा फर्काएका थिए । उक्त बराबरी सँगै बंगलादेश फाइनलमा प्रवेश गरेको छ । उसले ४ खेलबाट १० अंक बनाएको छ । समान खेलबाट नेपालको ७ अंक रहेको छ । यदि आजै हुने अर्को खेलमा भारत माल्दिभ्ससँग पराजित भएको खण्डमा नेपाल फाइनलमा प्रवेश गर्नेछ ।



