साउन १८ काठमाडौं । साफ यू२० च्याम्पियनसिप फुटबलबाट नेपाल बाहिरिएको छ । बंगलादेशसँग १-१ को बराबरी खेल्दै केही समय दोस्रो स्थानमा रहेको नेपाल भारतले माल्दिभ्सलाई १-० गोलले पराजित गरेपछि तेस्रो स्थानमा रहेर प्रतियोगिता टुंग्याएको छ ।
बराबरीले पनि भारत फाइनल पुग्ने समिकरण रहेपनि अन्तिम समयमा गोल गर्दै जित पक्का गर्न सफल भयो । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा फरवार्ड गुर्किरत सिंहले ९०औं मिनेटमा गोल गर्दै जित पक्का गराउन सफल भए ।
पेनाल्टी क्षेत्र भित्र क्लियर हुन नसकेको बललाई जाली चुमाए । उपाधिका लागि अब बंगलादेश र भारत खेल्नेछन् ।



