साउन १८ काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एक महिलाले आफ्नै श्रीमान्विरुद्ध लामो समयदेखि जबर्जस्ती करणी गरेको भन्दै बलात्कारको मुद्धा दर्ता गराएकी छिन् ।
तिलोत्तमा नगरपालिका-१७ निवासी उक्त पुरुषविरुद्ध इलाका प्रहरी कार्यालय, बुटवलमा पुगेर पीडित महिलाले गत मंगलवार किटानी जाहेरी दिएकी हुन् ।
डीएसपी ठगबहादुर केसीका अनुसार चौधरी थरकी ती महिलाले ६ महिनादेखि मादक पदार्थ तथा लागूपदार्थ खाएर कुटपिट गर्नाका साथै आफू बिरामी हुँदा पनि श्रीमान्ले इच्छाविपरीत जबर्जस्ती करणी गरेको आरोप लगाएकी छिन् । आफ्नै पत्नीलाई समेत इच्छाविपरीत जबर्जस्ती करणी गरे ५ वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था रहेको छ ।



