एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल क्लब लिभरपुलका पोचुगिच फरवार्ड डिएगो जोटाले क्लबसँग सम्झौतामा नविकरण गरेका छन् । उक्त सम्झौता सँगै २५ बर्षीय फरवार्ड अब २०२७ अन्त्यसम्म एनफिल्डमा रहने भएका छन् ।
सन् २०२० सेप्टेम्बरमा प्रिमियर लिगकै क्लब उल्भ्सबाट ४५ मिलियन युरोमा लिभरपुल आएका जोटाले लिभरपुलबाट कुल ८५ खेलमा ३४ गोर र ९ गोलका लागि असिस्ट गरेका छन् । जसमा उनले प्रिमियर लिगमा ३४ गोल र ७ असिस्ट गरेका छन् । लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले विंगमा खेल्न सक्ने फरवार्डको रुपमा जोटाले हामीलाई धेरै विकल्पहरू दिएको र क्लबमा आएदेखि उसले धेरै सुधार गरेको बताए ।


