शुक्रबार, श्रावण २९ गते २०८३
images
images

यू-२० टोली भोली स्वदेश फर्कने

एक्सप्रेस पाना
श्रावण १८, २०७९ बुधबार
  • 407
    SHARES
  • यू-२० टोली भोली स्वदेश फर्कने

    साउन १८ काठमाडौं । भारतको भुवनेश्वरमा जारी यू-२० साफ च्याम्पियनसिपमा सहभागि नेपाली राष्ट्रिय यू-२० टोली भोली स्वदेश फर्कने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार टोली भोली दिउँसो ४ बजे भिस्टार एयरलाइन्सको उडानबाट काठमाडौं अवतरण गर्ने छ ।

    images

    उक्त प्रतियोगितामा नेपालले समूह चरणका ४ खेलमा ७ अंक बनाउँदै तेस्रो स्थानमा रहेर अन्त्य गरेको हो । पहिलो खेलमा माल्दिभ्समाथि ४-० गोलको सानदार जित निकालेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३-० गोलले पारजित गरेको थियो । यस्तै तेस्रो खेलमा भने आयोजक राष्ट्र भारतसँग ८-० गोलको फराकिलो हार ब्यहोरेको थियो । 

    यता फाइनल प्रवेशको लागि जित्नै पर्ने अन्तिम खेलमा भने नेपाल बंगलादेश सँग १-१ गोलको बराबरी खेलेको थियो । यस प्रतियोगितामा नेपाली टोली फाइनल पुग्ने लक्ष्यका साथ भारत प्रस्थान गरेका थिए । तर भारतसँगको फराकिलो हार सँगै नेपालको उपाधि जित्ने सपना कमजोर बनेको थियो । 

    images

    आयोजक राष्ट्र भारतसँगै नेपाल बंगलादेश, श्रीलंका र माल्दिभ्सको सहभागिता रहेको थियो । फाइनलमा भारत र बंगलादेशले प्रतिस्पर्धा गर्ने छन् ।  

  • सम्बन्धित विषय:

  • # फुटबल