शुक्रबार, श्रावण २९ गते २०८३
images
images

खेल नसकिँदै रंगशालाबाट बाहिरिनु स्वीकार्य छैन : प्रशिक्षक टेन हाग

एक्सप्रेस पाना
श्रावण १८, २०७९ बुधबार
  • 470
    SHARES
  • खेल नसकिँदै रंगशालाबाट बाहिरिनु स्वीकार्य छैन : प्रशिक्षक टेन हाग

    एजेन्सी । इंग्लिस प्रिमियर लिग म्यानचेस्टर युनाइटेडलाई मुख्य प्रशिक्षक टेन हागले खेल सकिनु अघि खेलाडीले मैदान छाड्ने स्वीकार्य नहुने बताएका छन् । 

    images

    गत आइतबार भएको रायो भालेकानोकोबिरूद्धको मैत्रिपुर्ण खेलमा प्रतिस्थापन भएपछि पोर्चुगलका फरवार्ड किस्टियानो रोनाल्डोले मैदान छाडेर बाहिरिएका थिए ।  ‘म यो सहन्न । कसैका लागि पनि मलाई यो स्वीकार्न सकिने हो जस्तो लाग्दैन,’ हागले भने, ‘हामी एक टिम हौं र अन्तिमसम्म बस्नै पर्छ ।’

    सम्भव भएसम्म युनाइटेड छाड्ने मनसायमा रहेका पोर्चुगिज कप्तान रोनाल्डोलाई हागले सुरुआती ११ मा स्थान दिएका थिए । तर, ४६औं मिनेटमा हागले रोनाल्डोलाई निकालेर अमाद डियाल्लोलाई मैदान प्रवेश गरेका थिए ।

    images

  • सम्बन्धित विषय:

  • # फुटबल
  • # Ronaldo