एजेन्सी । दक्षिण अफ्रिकाले दुई टि-२० शृंखलाको पहिलो खेलमा आयरल्यान्डलाई बुधबार राति २१ रनले पराजित गरेको छ ।
२१२ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १९० रनमा समेटियो । आयरल्यान्डका लोर्कन टकरले सर्वाधिक ७८ रन बनाए भने जर्ज डोकरेलले ४३ रन जोडे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै २११ रनको योगफल बनायो । दक्षिण अफ्रिकाका रिजा हेन्ड्रिक्सले सर्वाधिक ७४ रन बनाए । यस्तै, एडेन माक्ररमले ५६ रन जोडे ।
उक्त जितसँगै शृंखलामा दक्षिण अफ्रिकाले १-० को अग्रता बनाएको छ । अब, दुई बीचको दोस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ ।



