साउन १९ काठमाडौं । नेपाल टि२० लिगको दुई फ्रेन्चाइज टोली विराटनगर सुपर किंग्स र जनकपुर रोयल्सको लोगो सार्वजनिक भएको छ ।
बिहीबार राजधानीका एक कार्यक्रमकाबीच दुई टिमको अफिसियल लोगो सार्वजनिक गरिएको हो । दुवै टिम भारतीय मालिकको स्वामित्वमा छ ।
यसअघि लुम्बिनी अल स्टार्सले लोगो सार्वजनिक गरिसकेको छ । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा पहिलो संस्करणको नेपाल टि२० लिग आगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।



