शुक्रबार, श्रावण २९ गते २०८३
images
images

फुटबल टोली स्वदेश फिर्ता

एक्सप्रेस पाना
श्रावण १९, २०७९ बिहीबार
  • 346
    SHARES
  • फुटबल टोली स्वदेश फिर्ता

    साउन १९ काठमाडौं । भारतमा भएको यू२० साफ च्याम्पियनसिपमा सहभागि भएर नेपाली यू२० राष्ट्रिय फुटबल टोली स्वदेश फिर्ता भएको छ । भारतको कालिङ्गा रंगशालामा भएको प्रतियोगिताको समूह चरणबाट बाहिरिएको नेपाली टोली आज अपरान्ह काठमाडौं आइपुगेको हो।

    images

    प्रतियोगितामा चार खेल खेलेको नेपाललले दुई खेलमा जित, एक खेलमा हार र एक खेल बराबरी खेलेको थियो । नेपाल फाइनल भने पुग्न असफल भयो ।

    उक्त टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्बाङ, उपाध्यक्षद्वय दीपक खतिवडा र विराटजंग शाही, सदस्यद्वय महेन्द्र श्रेष्ठ र पेमा डोल्मा लामा लगायतले स्वागत गरे । 

    images

    नेपालले माल्दिभ्सलाई ४-० र श्रीलंकालाई ३-० को नतिजामा हराउँदा आयोजक भारतलाई ८-० को नतिजा सुम्पिएको थियो । बंगलादेशसँग १-१ को बराबरी खेल्दै प्रतियोगिताबाट बाहिरिएको थियो । राउन्ड रोबिन पद्धतिमा सम्पन्न प्रतियोगिताको शीर्ष दुई टिमले फाइनलमा स्थान बनाउने हुँदा नेपाल तेस्रो स्थानमा मात्रै सीमित भयो । अपराजित रहँदै शीर्ष स्थानमा रहेको बंगलादेश र भारतले उपाधिका लागि शुक्रबार प्रतिस्पर्धा गर्नेछन् ।

  • सम्बन्धित विषय:

  • # फुटबल