साउन २० काठमाडौं । भारत भुवनेश्वरमा जारी साफ यू-२० च्याम्पियनसिप फुटबलको फाइनल खेल आज शुक्रबार हुँदैछ ।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने फाइनलमा साविको विजेता तथा आयोजक राष्ट्र भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । उक्त फाइनल खेल नेपाली समय अनुसार आज साँझ ७:४५ बजे सुरु हुनेछ ।
साविक विजेता भारतलाई घरेलु मैदानमा निराश बनाउँदै बंगलादेश पहिलो पटक उपाधि उचाल्न चाहन्छ । भने यता घरेलु टोली पुन उपाधि राख्न चाहन्छ ।
अपराजित रहेको बंगलादेश शीर्ष स्थान रहदै फाइनल पुगेको हो । बंगलादेशले ४ खेल १० अंक जोडेको थियो । बंगलादेशले लिग चरणमा भारतलाई हराएको थियो । आज पनि बंगलादेश सोही लय दोहोर्याउने दाउमा रहेको छ ।
राउन्ड रोबिन पद्धतिमा सम्पन्न प्रतियोगिताको शीर्ष दुई टिमले फाइनलमा स्थान बनाउने हुँदा नेपाल तेस्रो स्थानमा मात्रै सीमित भयो । नेपाली टोलीहिजै स्वदेश फर्किएके छ । नेपालले माल्दिभ्सलाई ४-० र श्रीलंकालाई ३-० को नतिजामा हराउँदा आयोजक भारतलाई ८-० को नतिजा सुम्पिएको थियो । बंगलादेशसँग १-१ को बराबरी खेल्दै प्रतियोगिताबाट बाहिरिएको थियो ।



