एजेन्सी । विश्वकै लोकप्रिय इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन २०२२/२३ शुक्रबार रातीदेखि सुरु हुँदैछ । प्रि-सिजन अन्तर्गत विभिन्न टोलीले विभिन्न देशको भ्रमण गरेर मैत्रीपूर्ण खेल पनि खेलेका छन् ।
पहिलो दिन एक मात्रै हुनेछ । आज हुने खेलमा घरेलु मैदमनमा किस्टल प्यालेसले पाहुना टोली आर्सनलको सामना गर्दैछ । नेपाली समयअनुसार यो खेल शुक्रबार राती र शनिबार बिहान अर्थात राती पौने १ बजे हुनेछ । यसपटक आर्सनल बलियो टिमका रुपमा देखिनेछ ।
दुबै टोली आजको खेलमा सहज जित निकाल्दै नयाँ सिनको सुखद सुरुवात गर्न चाहान्छ । यस्तो भोली भने ६ खेल हुनेछ । गत सिजनको उपाधि जितेको म्यान्चेस्टर सिटी यो सिजन पनि दाबेदारको रुपमा रहेको छ । यस्तै गत सिजन दोस्रो स्थानमा चित्त बुझाएको लिभरपुल यो सिजन लिग जित्ने उच्च बनोबलका साथ रहेको ।



