शुक्रबार, श्रावण २९ गते २०८३
images
images

फिफा वरीयता खस्कियो नेपाल

एक्सप्रेस पाना
श्रावण २०, २०७९ शुक्रबार
  • 386
    SHARES
  • फिफा वरीयता खस्कियो नेपाल

    साउन २० काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको फिफा वरीयता खस्किएको छ ।

    images

    विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको हो । नयाँ वरीयतामा नेपाल १०२औं स्थानमा रहेको छ । अघिल्लो पटक नेपाल १०१औं स्थानमा रहेको थियो ।

    एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २१औं स्थानमा रहेको छ । यस्तै दक्षिण एसियाली राष्ट्रको वरीयता नेपाल दोस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि रहेको भारत ५८औं स्थानमा रहेको छ ।

    images

    विश्व वरीयतामा अमेरिका शीर्ष स्थानमा यथावत छ । यस्तै जर्मनी दोस्रो स्थानमा रहदा स्विडेन तेस्रो स्थानमा झरेको छ। इंग्ल्यान्ड चौंथो र फ्रान्स पाँचौं स्थानमा रहेको छ । त्यस्तै नेदरल्याण्ड छैठौं,  क्यानडा सातौं, स्पेन आठौं,  ब्राजिल नवौं र उत्तर कोरिया १०औं स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल