एजेन्सी । इजिप्टका फरवार्ड मोहम्मद सलाहको गोल विश्वकै लोकप्रिय इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन २०२२/२३ अन्तर्गत आफ्नो पहिलो खेलमा लिभरपुल फुलहमसँग बराबरीमा रोकिएको छ ।
शनिबार भएको खेलमा घरेलु टोली फुलह्यामसँग २-२ गोलको बराबरी खेल्दै अंक बाडेको हो । खेलमा २-१ गोलले पछिपरेको अबस्थालाई २-२ गोलको बराबरीमा ल्याउन सफल भयो ।
फुलहमका लागि एलेक्जान्डा मिट्रोभिकले पहिलो हाफको ३२औं र दोस्रो हाफको खेलेको ७२औं मिनेटमा गोलगरि २-० गोलको अग्रता दिलाएका थिए । तर लिभरपुलका खेलको नुनजले ६४औं र सलाहले ८०औं मिनेटमा गोल गरे । उक्त बराबरीसँगै लिभरपुलले पहिलो खेलबाट १ अंक बटुलेको छ ।



