शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रिमियर लिग : युनाइटेड र ब्राइटन भिड्दै, रोनाल्डोले खेल्ने सम्भावना कति ?

एक्सप्रेस पाना
श्रावण २२, २०७९ आइतबार
  • 378
    SHARES
  • प्रिमियर लिग : युनाइटेड र ब्राइटन भिड्दै, रोनाल्डोले खेल्ने सम्भावना कति ?

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति म्यान्चेस्टर युनाइटेडले घरेलु मैदान ओल्ड ट्राफोर्डमा ब्राइटनको सामना गर्नेछ । उक्त खेल नेपाली समयअनुसार आज साझ ६:४५ बजेबाट हुनेछ । 

    images

    गत शुक्रबारबाट सुरु भएको यस सिजनको लिगमा युनाइटेड पहिलो खेलमै ३ अंक जोड्ने योजनामा रहेको छ । गत सिजन ६औं स्थानमा रहेर सकाएको युनाइटेड यो सिजन भने लिगको शीर्ष चार भित्र पर्ने योजनाको साथ मैदान उत्रनेछ ।

    यस्तै आज हुने खेलमा युनाइटेडका भेट्रन्स फरवार्ड किस्टियानो रोनाल्डोमाथि सबैको नजर हुनेछ । पछिल्लो समय क्लब छाड्ने चर्चा चलेका रोनाल्डो क्लब भने छाडेका छैन् । आजको खेलमा रोनाल्डोले खेल्ने सम्भावना उच्च रहेको छ ।  

    images

    यस्तै अर्को खेलमा म्यान्चेस्टर सिटी र वेस्ट ह्यामबीचको खेल राति ९:१५ बजे सुरु हुनेछ । आज दुबै टोली जित निकाल्दै सिजनको सुखद सुरुवात गर्ने योजनामा रहेको छ । त्यस्तै अर्को खेलमा लेस्टरले ब्रेन्टफोर्डको सामना गर्नेछ । दुई टोलीबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।

  • सम्बन्धित विषय:

  • # इंग्लिस प्रिमियर लिग