साउन २२ हेटौंडा । नागस्वोती भेट्रान्स क्लबको आयोजनामा यही भाद्र १८ गतेबाट नागस्वोती भेट्रान्स कप ८ ”ए” साईड राष्ट्रिय फूटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
आज हेटौँडामा पत्रकार सम्मेलन गरी खेलको बारेमा जानकारि दिएका छन् । खेल हेटौडा उपमहानगरपालिका वडा नं-७ स्थित नागस्वोती फुटबल चौर सञ्चालन हुने भएको छ ।
प्रतियोगितामा १८ वटा टीम सहभागी हुने भएको छ । प्रतियोगीतामा प्रथम हुने टिमलाई २ लाख १ हजार, द्धितिय हुने टिमलाई नगत १ लाख १ हजार प्रदान गरिने भएको छ ।



