एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा घरेलु टोली युनाइटेड ब्राइटनसँग २-० गोलले पछि परेको छ ।
भेट्रन्स फरवार्ड रोनाल्डोलाई बेन्चमा राखेको युनाइटेडले पहिलो हाफमा २-० गोलले पछि परेको हो ।
पाहुना टोली ब्राइटनको लागि दुबै गोल पास्कल सकलले गोल गरे । उनले खेलको ३०औं मिनेटमा गोल गरि सुरुवाती अग्रता दिलाए । त्यस्तै ३९औं मिनेटमा पुन टोलीको अग्रता दोबर बनाए । यता घरेलु मैदानमा २-० ले पछि परेको युनाइटेड निकै दबाममा परेको छ ।



