साउन २४ काठमाडौं । पाँच दिने जापान भ्रमण रहेका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टोकियोस्थित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि संस्थान (एनआईसिटी) मा सूचना प्रविधिका बारे अवलोकन गरेका छन् ।
बिहान ९:३०-११:०० बजेको समयमा भएको उक्त भ्रमणमा प्रचण्डले सूचना प्रविधिका क्षेत्रमा पछिल्लो समयमा यसमा भएको विकासका नमूनाहरूको अवलोकन र परीक्षणमा सहभागी भए ।

NICT सूचना प्रविधिका बारे अवलोकन
१. नयाँ इन्टरनेट प्रविधिः स्थानीय डाटालाई स्थानीयस्तरमा नै भण्डार र वितरण गर्ने सूचना केन्द्रित सञ्जाल नामको नयाँ इन्टरनेट आर्किटेक्चर प्रविधि।
२. जापान स्टाण्डर्ड टाइम उत्पादन तथा वितरण प्रणालीः करोडौँ वर्षमा एक सेकेण्डको पनि समय फरक नपर्ने आणविक घडी प्रणाली जसको प्रयोगबाट NICT ले जापान मानक समय JST उत्पादन तथा वितरण गर्ने गर्दछ ।
३. भोईसट्ररा प्रणाली एक भाषाको बोलीलाई अर्को भाषामा रियलटाइम रूपान्तरण गर्ने प्रणाली जसलाई टोकियो ओलम्पिक २०२२ मा आधिकारिक रूपमा प्रयोग गरिएको थियो NICT का कर्मचारीले अध्यक्ष कमरेडलाई जापानी भाषामा ‘जापानमा अहिले ओबोन पर्व मनाउने छुट्टीको समय हो। हजुरहरूको देशमा पनि यस्ता चाडपर्व छन्रु’ भनि सोधे र अध्यक्षले नेपालीमा ‘छन्, हाम्रो देशमा पनि दशैं, तिहार आदि चाडपर्व हुन्छन्’ भनि दिनु भएको प्रत्युत्तर जापानीले जापानी भाषामा नै सुने।
४.साइबर सुरक्षा प्रणाली: संसार भरबाट जापानमा साइबर आक्रमण कुन गतिमा भइरहेको भन्ने प्रत्यक्ष जानकारी गराउने प्रणाली।
५. सुगन्ध प्रसारण प्रणालीः सूचनासञ्चारका माध्यमबाट चित्र, भिडियो र आवाज मात्र होइन सुगन्ध पनि एक ठाउँबाट अर्को ठाउँमा प्रसारण गर्न सकिने प्रविधिको प्रारम्भिक अनुसन्धान
६. अन्तरिक्ष मौसम अनुगमन प्रणाली: स्याटेलाइटमार्फत अन्तरिक्षको मौसम निरन्तर अवलोकन गर्ने प्रणाली
७. मस्तिष्क-प्रेरित कम्प्युटिङ: मानव आँखाले हेर्दा वा मनले सोच्दा सो ठाउँ तथा घटनाका बारेमा मस्तिष्कमा बन्ने चित्रलाई कम्प्युटरमा उतार्ने प्रविधिबारे जानकारी लिनुभयो । नेपालमा सूचना सञ्चार संरचना विकास तथा व्यवस्थापनका लागि NICT सँग के कस्तो सहकार्य गर्न सकिन्छ, सो को बारेमा अध्ययन गर्नु पर्ने धारणा व्यक्त गर्नुभयो । ल्क्ष्ऋत् मा गरिने सबै प्रकारका अनुसन्धानका बारेमा जानकारी गराउने छोटो भिडियो प्रजेन्टेशन पनि थियो।



