साउन २४ काठमाडौं । युएईमा हुने टि२० एसिया कप २०२२ का लागि भारता र पाकिस्तानले आफ्नो टोली घोषणा गरेका छन् ।
२७ अगष्टदेखि युएईमा हुने एसिया कप ११ सेप्टेम्बरसम्म चल्नेछ । जसमा सहभागि टोलीले आफ्नो अन्तिम खेलाडीको नाम सार्वजनिक गर्ने क्रम जारी छ । यता दुई ठूला टोली भारत र पाकिस्तानले भने खेलाडीको नाम घोषणा गरि सकेका छन् ।
एसिया कप खेल्ने भारतको टोली : रोहित शर्मा (कप्तान), लोकेश राहुल (उपकप्तान), विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकिपर), दीपक हुडा, दीनेश कार्तिक (विकेटकिपर), हार्दिक पान्ड्या, रवि विश्रोई, रविचन्द्रन आश्विन, रविन्द्र जडेजा, युजभेन्द्र चहल, भुवनेश्वर कुमार, अर्शदीप सिंह र आवेश खान ।
एसिया कप खेल्ने पाकिस्तानको टोली : बाबर आजम (कप्तान) शादाब खान, आसिफ अली, फखर जमान, हैदर अली, हरिस रउफ, इफ्तिखार अहमद, खुशदिल शाह, मोहम्मद नवाज, मोहम्मद रिजवान, मोहम्मद वसीम जुनियर, नसीम शाह, शाहीन शाह अफ्रिदी, शाहनवाज दहनी, उस्मान कादिर
समूह 'ए' मा पाकिस्तान, भारत र छनोट भएर आउने एक टोली हुनेछन् । छनोटमा युएई, कुवेत, हङकङ र सिंगापुर छन् । शीर्ष स्थानमा रहने टोलीले भारत र पाकिस्तानसँग खेल्न पाउने छन् ।
यता समूह 'बि' मा भने बंगलादेश, श्रीलंका र अफगानिस्तान रहेका छन् । दुई समूहका शीर्ष दुई दुई टोली सुपर फोरमा प्रतिस्पर्धा गर्नेछन् । भारत र पाकिस्तान प्रमुख उपाधिका दाबेदार टोली हुन् ।



