एजेन्सी । अफगानिस्तानविरुद्धको पहिलो टि२० खेलमा आयरल्याण्ड ७ विकेटले विजयी भएको छ ।
अफगानिस्तानले दिएको १६९ रनको लक्ष्य घरेलु टोली आयरल्याण्डले निर्धारित २० ओभरको अन्तिम बल बाँकी हुँदा ३ विकेट गुमाएर पूरा गर्यो ।
पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६८ रन बनाएको थियो ।
उसका लागि उस्मान घानीले सर्वाधिक ५९ रनको अर्धशतकीय पारि खेल्दा इब्राहिम जर्दानले २९ रनको योगदान गरेका छन् । यस्तै रमनुल्लाह गुर्वाजले २६ रन जोड्दा नजिवुल्लाह जर्दानले १५ रन बनाएका थिए ।
आयरल्याण्डका लागि बेरी म्याकेर्थीले ३ विकेट लिँदा जर्ज डकरेलले २ विकेट लिए ।
१६९ रनको विजयी लक्ष्य पछ्याउने क्रममा आयरल्याण्डले १९.५ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो । उसका दुई खेलाडीले अर्धशतकीय पारि खेले ।
कप्तान एन्डी बेलव्रिनले ५१ रनको पारि खेल्दा लेरकनले टकरले ५० रनको योदान गरे । यस्तै हेरी टेक्टकरले २५ रनको नटआउट पारि खेल्दा पौल स्र्टलिङ ३१ रन बनाएर आउट भएका थिए, यता अफगानिस्तानका मुजिबउर रहमान, नभिन उल हक र मोहम्मद नावीले १/१ विकेट लिए ।



