एजेन्सी । फ्रेन्च फरवार्ड करिम बेन्जेले स्पेनिस लिजेण्ड राउल गोन्जालेजलाई पछि पार्दै रियल मड्रिडका दोस्रो सर्वाधिक गोलकर्ता बनेका छन् ।
युरोपियन सुपर कपको फाइनलमा इनट्राक्ट फ्रान्कफर्टको बिरूद्ध, बेन्जेमाले एक गोल गर्दै राउललाई पछि पारेका हुन् । उक्त खेलमा दोस्रो हाफमा बेन्जेमाले गोल गरेका थिए । गोल सँगै उनले रियलका लिजेन्ड राउल सबै समयको शीर्ष स्कोररहरूको सूचीमा उछिनेको छ । स्पेनका पूर्व कप्तान र फ्रान्सेली खेलाडी बेन्जेले समान ३२३ गोल गरेका थिए तर बेन्जेमाको गोलले उनलाई वरियतामा दोस्रो स्थानमा राखेको छ । बेन्जेमाको गोल संख्या ३२४ पुगेको छ ।
विश्वको सबैभन्दा सफल क्लब रहेको रियम मड्रिडको इतिहासमा सबैभन्दा धेरै गोलकर्ताको शीर्ष स्थानमा भने पोर्चुगिज भेट्रान्स फरवार्ड क्रिस्टियानो रोनाल्डो रहेका छन् । उनले रियलका लागि ४५० गोल गरेको छ ।
३४ वर्षीय फरवार्ड बेन्जेमा गत सिजन रियललाई ला लिगा र च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भुमिका खेलेका थिए ।



