शुक्रबार, श्रावण २९ गते २०८३
images
images

वेस्ट इण्डिजविरुद्धको टि२० सिरिजमा न्यूजिल्याण्ड १३ विजयी

एक्सप्रेस पाना
श्रावण २६, २०७९ बिहीबार
  • 516
    SHARES
  • वेस्ट इण्डिजविरुद्धको टि२० सिरिजमा न्यूजिल्याण्ड १३ विजयी

    एजेन्सी । घरेलु टोली वेस्ट इण्डिजविरुद्धको टि२० सिरिजअन्तर्गत पहिलो खेलमा न्यूजिल्याण्ड १३ विजयी भएको छ । खेलमा १८६ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिजले २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन मात्र बनाउन सक्यो ।

    images

    उसका लागि सम्राह ब्रुक्सले सर्वाधिक ४२, अविजित रहेका रोमारियो सेफर्डले ३१, ओडियन स्मिथले २७, जेसन होल्डरले २५, रोभम्यान पावेलले १५ र कप्तान निकोलस पूरनले १५ रन जोडे । ​न्यूजिल्याण्डका लागि मिचेल सान्टनरले तीन, ट्रेन्ट बोल्ट, ईश सोधी, लकी फर्गुसन र टिम साउदीले १/१ विकेट लिए ।

    त्यसअघि जमैकाको किंग्सटनस्थित सविना पार्कमा टस हारेर ब्याटिङको निम्तो पाएको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८५ रन बनायो । 

    images

    उसका लागि कप्तान केन विलियमसनले ४७, डेभन कन्वेले ४३, जेम्स निशमले अविजित ३३, ग्लेन फिलिप्सले १७ तथा मार्टिन गप्टिल र डेरिल मिचेलले १६/१६ रन जोडे ।

    वेस्ट इण्डिजका लागि ओडियन स्मिथले तीन तथा जेसन होल्डर र ओबेड म्याकोयले एकरएक विकेट हात पारे । न्यूजिल्याण्ड र वेस्ट इण्डिजबीचको दोस्रो खेल शनिबार हुनेछ । 

    उक्त जितसँगै तीन खेलको सिरिजमा न्यूजिल्याण्डले १-० को अग्रता लिएको छ । वेस्ट इण्डिजले भने यो सिरिजमा पनि हारबाट सुरुवात गर्‍यो ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट