शुक्रबार, श्रावण २९ गते २०८३
images
images

महिला साफको टिकट मुल्य निर्धारण

एक्सप्रेस पाना
श्रावण २६, २०७९ बिहीबार
  • 365
    SHARES
  • महिला साफको टिकट मुल्य निर्धारण

    साउन २६ काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी महिना काठमाडौंमा हुने महिला साफ च्याम्पियनसिप फुटबलको टिकट मूल्य निर्धारण गरेको छ ।

    images

    सातदोबाटोमा जारी एन्फाले दोस्रो कार्यसमिति बैठकबाट महिला साफको टिकट मूल्य निर्धारण गरेको हो ।

    एन्फाले सामान्य प्यारापिटतर्फ ३ सय र भिआइपीतर्फ ५ सयको टिकट मूल्य निर्धारण गरेको हो । महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुनेछ।

    images

    महिला साफमा सात राष्ट्रको सहभागिता रहेको छ । सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ए मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ भने समुह बी मा आयोजक नेपालसॅंगै श्रीलंका र भुटान रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # साफ महिला च्याम्पियनसिप