शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रशिक्षक प्रभाकर शनिबार नेपाल आइपुग्ने

एक्सप्रेस पाना
श्रावण २७, २०७९ शुक्रबार
  • 368
    SHARES
  • प्रशिक्षक प्रभाकर शनिबार नेपाल आइपुग्ने

    साउन २७ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको नवनियुक्त मुख्य प्रशिक्षक भारतीय पूर्व स्टार अलराउन्डर मनोज प्रभाकर शनिबार नेपाल आइपुग्ने भएका छन् । 

    images

    प्रभाकर शनिबार नेपाल आउने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । क्यानका अनुसार प्रभाकर शनिबार साँझ साढे ६:१० मा त्रिभुवन विमानस्थल आईपुग्ने भएका छन् ।

    क्यानले गत सोमबार प्रभाकरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका छन् । प्रशिक्षकको हैसियतमा, उनीसँग दिल्ली, राजस्थान र यूपी क्रिकेट संघका रणजी ट्रफी टोलीहरूसँग अफगानिस्तान क्रिकेट टोलीको प्रशिक्षकको रूपमा काम गर्ने अनुभव छ ।

    images

     

  • सम्बन्धित विषय:

  • # क्रिकेट