साउन २७ काठमाडौं । यू-१७ राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीबाट १५ खेलाडी बाहिरिएका छन् । उक्त खेलाडी बाहिरिएसँग अब राष्ट्रिय यू-१७ टोलीमा ३० जना रहेका छ ।
मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले १५ जना खेलाडीलाई बन्द प्रशिक्षणबाट हटाएका हुन् । टोलीले सेप्टेम्बरमा हुने साफ यू-१७ च्याम्पियनसिप र २०२३ एएफसी यू-१७ एसियन कप छनोटमा भाग लिनेछ ।
यस्तो छ नेपाली टोलीः मुकेश घर्ती, रुबिन बोगटी, कृषाल मोक्तान, सिमन्त थापा, उनिश मगर, सुवास मगर, उनिश बुढाथोकी, जनप्रकाश बम, निशान तामाङ, सिजल राई, मधु पौडेल, गौरव महर्जन, विक्रम तामाङ, हरीश भट्ट, लचु थापा, प्रसाद थापा, निरोज कार्की, समिर तामाङ, धनसिंह विक, दिपक थापा मगर, मानव पोखरेल, कुशल देउवा, मिरक लिङ्देन, प्रीतम कार्की, विनोद केसी, धिरज विक, सोहन स्याङ्ताङ, निरजन धामी, सरोज दर्लामी, समीर चन्द



