एजेन्सी । इंग्लिस प्रिमयिर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड फेरि पराजित भएको छ ।
शनिबार राति भएको जारी सिजनको दोस्रो खेलमा युनाइटेड घरेलु टोली ब्रेन्टफर्डसँग ४-० गोलको फराकिलो गोल अन्तरले पराजित भएको हो ।
खेलको १०औं मिनेटमा जोस डा सिल्भाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । त्यस्तै १८औं मिनेटमा ब्रेन्टफर्डको अग्रता दोब्बर पारे । ३०औं मिनेटमा बेन मीले गोल गर्दै अग्रता ३-० को बनाए । त्यसको ५ मिनेट नबित्दै काउन्टर अट्याकमा अघि बढेको ब्रेन्टफर्डले ४-० को अग्रता बनायो । आइभन टोनीले सिर्जना गरेको मुभलाई ब्रायन एम्बुएमोले वन भर्सेस वनको स्थितिबाट गोलमा परिणत गरे । दोस्रो हाफमा थप गोल नहुँदा खेल ४-० मै सकियो ।
उक्त हारसँगै युनाइटेडले २ खेलबाट अंकविहिन हुँदै पुछारमा झरेको छ । यता समान खेलबाट ४ अंक जोडेको ब्रेन्टफर्ड तेस्रो स्थानमा उक्लिएको छ ।



