एजेन्सी । साविको विजेता म्यान्चेस्टर सिटीले जारी सिजनको प्रिमियर लिग फुटबलमा फराकिलो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा सिटीले बोर्नेमाउथमाथि ४-० गोलको सानदार जित निकालेको हो । घरेलु टोली सिटीको जितमा गुन्डोगन, केभिन डे ब्रुइन र फिल फोडेनले समान १/१ गोर गर्दा अर्को गोल उपहार पाएको थियो ।
खेलको १९औं मिनेटमा गुन्डोगनको गोलबाट सुरुवाती अग्रता बनाएको सिटीले पहिलो हाफमै ३-० गोलको अग्रता बनाएको थियो । त्यस्तै पहिलो हाफको ३१औ मिनेटमा डे ब्रुइन र ३४औं मिनेटमा फोडेले गोल गरेका थिए ।
उक्त जित सँगै सिटीले २ खेलबाट ६ अंक बनाउँदै शीर्ष स्थानमा रहेको छ । यता पराजित बोर्नेमाउथको भने समान खेलबाट ३ अंकसहित १०औ स्थानमा रहेको छ ।
अन्य खेलको नतिजा
एस्टन भिल्ला भर्सेस एभर्टन (२-१)
आर्सनल भर्सेस लेष्टर सिटी (४-२)
ब्राइटन भर्सेस न्युक्यासल युनाइटेड (०-०)
साउथह्याम्प्टन भर्सेस लिण्ड्स युनाइटेड (२-२)
वुल्भ्स भर्सेस फुलह्याम (०-०)
ब्रेन्टफर्ड भर्सेस म्यान्चेस्टर युनाइटेड (४-०)



