एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ज जर्मेनले लगातार दोस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले मोन्टपिलेइरलाई ५-२ गोल अन्तरले पराजित गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा पीएसजीले पहिलो हाफमा दुई गोल गर्दा दोस्रो हाफमा तीन गोल गरेको थियो । खेलको ३९औं मिनेटमा उपहार गोलबाट पीएसजीले खेलमा अग्रता बनाएको थियो । बिपक्षी टिमका साकोले आफ्नै पोष्टा गोल गरेपनि खेलमा पीएसजी १-०ले अगाडी रह्यो ।
४३ औं मिनेटमा पीएसजीले २-० गोलको अग्रता बनायो । उसका लािग नेयमारले पेनाल्टीमा गोल गरे । पहिलो हाफमै आरामदायी अग्रता बनाएको पीएसजीले ५१औं मिनेटमा खेल ३० गोलको अग्रता बनायो । उसका लागि नेयमारले नै ब्यक्तिगत दोस्रो गोल गरे ।
यस्तै दोस्रो हाफलको खेलको ५८औं मिनेटमा पाहुना टिमले एक गोल फर्काएको थियो । उसका लागि खाज्रीले गोल गरे । तर ६९औं मिनेटमा केलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई ४-१ गोलको अग्रता दिलाए ।
८७औं मिनेटमा रेनाटो सान्चेसको गोलमा पीएसजीले खेलमा ५-१ अग्रता लियो । तर खेलको इन्जुरी समयमा इन्जो जियानीले मोन्टेपिलेरका लागि गोल गरेर खेल ५-२ गोलको अबस्था पुर्याएका थिए । तर त्यसपछि दुबै टोलीबाट थप गोल हुन सकेन र पीएसजीले लगातार दोस्रो जित निकाल्यो । उक्त जितसँगै पीएसजीले दुई खेलमा ६ अंक बनाउँदा शिर्ष स्थानमा पुगेको छ ।



