शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बार्सिलोनाको बराबरी

एक्सप्रेस पाना
श्रावण २९, २०७९ आइतबार
  • 354
    SHARES
  • बार्सिलोनाको बराबरी

    एजेन्सी । स्पेनीस ला लिगा फुटबलमा बार्सिलोनाले पहिलो खेलमा नै बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोना रायो भालेकानोसँग गोलरहित बराबरीमा रोकिएको हो । 

    images

    घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले पटक पटक गोलको लागि अवसर पाउँदापनि गोल गर्न सकेन । पहिलो हाफमा बार्सिलोनाले दबाब दिएपनि दोस्रो हाफका सुरुवातमा भने रायो भालेकानोले केहि राम्रो अवसरहरु सिर्जना गरेको थियो । तर उसले गोल भने गर्न सकेन ।

    खेलको इन्जुरी समयको तेस्रो मिनेटमा बार्सिलोना १० खेलाडीमा झरेको थियो । उसका सर्जियो बुस्क्वेट्स दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरीएका थिए । 

    images

    पुरै खेलमा बार्सिलोनाले ६७ प्रतिशत बल पोसेसन बनाउँदा २१ वटा पोष्ट चार्ज गरेको थियो । जसमा ६ वटा फ्रेममा रहेपनि गोल भने गर्न सकेन । यता रायो भालेकानोले पुरै खेलमा मात्र चार सट प्रहार गरेको थियो । 

    नयाँ सिजनमा भिल्ला रियल र ओसासुनाले जितका साथ प्रतियोगिता सुरु गरेका छन । 

  • सम्बन्धित विषय:

  • # फुटबल