शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रिमियर लिग : चेल्सी र टोटेनहम भिड्दै

एक्सप्रेस पाना
श्रावण २९, २०७९ आइतबार
  • 514
    SHARES
  • प्रिमियर लिग : चेल्सी र टोटेनहम भिड्दै

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज बलियो टोली चेल्सी र टोटेनहम भिड्दैछन् । 

    images

    नेपाली समयअनुसार यी दुई टोलीबचिको खेल आइतबार राति ९:१५ बजेबाट सुरु हुनेछ । 

    चेल्सीको घरेलु स्ट्यामफोर्ड ब्रिजमा हुने खेलमा घरेलु टोली सहज जितको खेजिमा हुनेछ भने यता पाहुना टोली टोटेनहम पनि घरेलु टोलीमाथि सहज जित निकाल्ने दाउमा रहेको छ । 

    images

    जारी सिजनको पहिलो खेलमा जित निकालेको यी दुबै टोली दोस्रो जितको खोजिमा रहेका हुन् । चेल्सीले आफ्नो पहिलो खेलमा एभर्टनमाथि १-० गोलको कठिन जित निकालेको थियो । यता टोटेनहमले भने साउथह्याटनमाथि ४-१ गोलको सानदार जित निकाल्दै सुखद सुरुवात गरेको थियो । टोटेनहम आजको खेलमा पनि सोहि लय दोहार्याउनु दाउमा हुनेछ । तर घरेलु मैदानमा घरेलु टोली चेल्सीमाथि जित निकल्न कठिन हुनेछ । जारी सिजन पहिलो खेलमा जित निकालेको टोटेनहम सातौं र चेल्सी आठौं स्थानमा रहेका छन् । 

    यस्तै आजै हुने अर्को खेलमा नाटिंघम फरेस्ट र वेस्ट ह्याम युनाइटेडबिच हुनेछ । उक्त खेल ६:४५ बजेबाट नाटिंघम फरेस्टको मैदानमा सुरु हुनेछ ।

  • सम्बन्धित विषय:

  • # इंग्लिस प्रिमियर लिग