शुक्रबार, श्रावण २९ गते २०८३
images
images

डेब्यु खेलमै दीपाको दुई गोल

एक्सप्रेस पाना
श्रावण २९, २०७९ आइतबार
  • 429
    SHARES
  • डेब्यु खेलमै दीपाको दुई गोल

    साउन २९ काठमाडौं । नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर दीपा न्यौपानेको दुई गोल प्रेरित डन बस्को फुटबल एकेडेमीले शनिबार भारतको केरेला महिला लिगमा पहिलो जित निकालेको छ । पहिलो जित निकाल्ने क्रममा दीपाले महत्त्वपूर्ण दुई गोल गरेपछि डन बस्कोले इमिरेट्स सकर क्लबलाई ५-२ ले हराएको थियो ।

    images

    नेपाल पुलिस क्लबकी मिडफिल्डर समेत रहेकी दीपा पहिलो खेलमा भने उपलब्ध भएकी थिइन् । दोस्रो खेलमा उपलब्ध भएकी दीपाले पहिलो एघारमै पूरा समय मैदान बिताइन् । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी दीपा प्लेयर अफ दी म्याच घोषित भइन् ।

    दीपाले पहिलो खेल राम्रो भएको र अन्य खेलमा समेत मेहनत गर्ने बताइन् । ‘डेब्यु खेलमै प्लेयर अफ दि म्याच भए । निकै खुसी छु । आगामी खेलमा मेहनत गर्दै सत प्रतिशत नतिजाको लागि खेल्छौँ’ दीपाले भनिन् ।

    images

     

  • सम्बन्धित विषय:

  • # फुटबल