शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपाली ब्याटरमा टेक्निकको कमी : प्रशिक्षक प्रभाकर

एक्सप्रेस पाना
श्रावण २९, २०७९ आइतबार
  • 373
    SHARES
  • नेपाली ब्याटरमा टेक्निकको कमी : प्रशिक्षक प्रभाकर

    साउन २९ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर नेपाली क्रिकेट टोलीमा टेक्निकको कमी आफूले देखेको बताए ।

    images

    काठमाडौंको हायात प्यालेसमा आइतबार भएको पत्रकारसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै मुख्य प्रशिक्षक प्रभाकरले यस्तो बताएका हुन्।

    नेपाली टोली यही टेक्निक सुधार गर्ने आफ्नो योजना रहेको उल्लेख गर्दै त्यसका लागि समय भने आवश्यक पर्नेमा जोड दिए । टेक्निक भए जुनसुकै बेला पनि रन बनाउन सकिने भन्दै भारतीय क्रिकेटर केएल राहुल र विराट कोहलीको उदाहरण समेत दिएका थिए । उनले क्रिकेटका सबै प्रारुपमा टेक्निक नै महत्वपूर्ण हुने सुनाए ।

    images

    यस्तै उनले नेपाललाई आईसीसी क्रिकेट लिग-२ को शीर्ष तीनमा पुर्‍याउने पहिलो लक्ष्य रहेको समेत बताएका छन् । नेपालले अब खेल्न बाँकी रहेको १६ खेलमा अधिकांश खेल जत्‍ने लक्ष्य रहेको उनले बताए । उनले थपे, 'नेपाललाई शीर्ष तीनमा पुर्‍याउनु नै मेरो पहिलो 'टार्गेट' हो।'

    नेपाली टिममा धेरै युवा खेलाडी रहेको र युवाले छिट्टै धेरै कुराहरु सिक्ने कारणले गर्दा नेपालको खेलमा अबको केही महिनामा व्यापक सुधार गर्ने पनि बताए। नेपाल लिग-२ मा २० खेलमा ८ जित र ११ हारका साथ १७ अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ। ग्लोबल छनोटमा सहजै पुग्‍ने हो भने नेपालले लिग–२ को शीर्ष तीनमा रहनुपर्नेछ। यसका लागि नेपालले बाँकी खेलमा राम्रो प्रदर्शन गर्न आवश्यक छ। जिम्बाबेमा सन् २०२३ मा ग्लोबल छनोट हुने मिति तय भएको छ। ग्लोबल छनोटमा १० टिमले सहभागीता जनाउनेछन् र शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट