एजेन्सी । साविको विजेता रियल मड्रिडले स्पेनिस ला लिगा फुटबल अन्तर्गत नयाँ सिजन २०२२/२३ मा विजयी सुरुवात गरेको छ ।
आइतबार राति भएको खेलमा रियलले अल्मेरियाबिरुद्ध पुनरागमन सहित २-१ को जित निकाल्यो । खेलमा १-० ले पछि परेको रियललाई जित दिलाउन लुकास भास्क्वेज र डेभिड अलाबाले १/१ गोल गरे । अल्मेरियाका लार्जी रामाजानीले सुरुवाती अग्रता बनाए पनि जोगाउन सकेन ।
उक्त जितसँगै लगातार उपाधि जित्ने दाउमा रहेको रियलले महत्त्वपूर्ण तीन अंक जोडेको छ ।



