शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बायर्नको सहज जित

एक्सप्रेस पाना
श्रावण ३०, २०७९ सोमबार
  • 366
    SHARES
  • बायर्नको सहज जित

    एजेन्सी । जर्मन बुन्डेस लिग फुटबलमा साविको विजेता बायर्न म्युनिखले जारी सिजनको दोस्रो खेलमा पनि सहज जित निकालेको छ । 

    images

    आइबार राति भएको खेलमा बायर्नले उल्फसवर्गमाथि २-० गोलको जित निकालेको हो । घरेलु टोली बार्यनको जितमा जमल मुसिआला र थोमस मुलरले १/१ गोल गरे । उक्त दुबै गोल पहिलो हाफमै सम्भव भएको थियो । 

    पहिलो हाफको खेलको ३४औं मिनेटमा जमलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ४४औं मिनेटमा मुललरले गोल गरि २-० गोलको आरामदायी अग्रता दिलाएका थिए । 

    images

    त्यस पछि दोस्रो हाफमा थप गोल नहुँदा बायर्न २-० गोलले विजयी भयो । उक्त जित सँगै बायर्न सिजनको दोस्रो खेलमा जित निकाल्दै ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ ।  

  • सम्बन्धित विषय:

  • # फुटबल