एजेन्सी । इटालीयन सिरी ए फुटबलमा रोमाले नयाँ सिजनको सुखद सुरुवात गरेको छ ।
आइतबार राति भएको खेलमा रोमाले सेलेर्निटानालाई १-० ले पराजित गरेको छ । रोमाको जितमा बिर्यान कृस्टानले ३३औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
बाँकी समय दुबै टोलीले गोलका अवसर सृजना गरेपनी सदुपयोग गर्न सकेनन् । खेलमा यसै सिजन युभेन्टसबाट रोमा अनुबन्ध भएका पाउलो डिबलाले डेब्यु गरे पनि गोलबिहिन रहे ।
उक्त जित संगै जोसे माउरिन्होको रोमाले पहिलो खेलबाट महत्वपूर्ण तीन अंक जोडेको छ ।
यस्तै, अन्य खेलमा स्पेजियाले इम्पोलीलाई १-० अन्तरले पराजित गर्यो । यता, लाजियोले बोलोग्नालाई २-१ र फिओरेन्टिनाले क्रेमोनेसलाई ३-२ अन्तरले हरायो ।



