शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एलन मस्कद्वारा युनाइटेड किन्ने घोषणा

एक्सप्रेस पाना
भाद्र १, २०७९ बुधबार
  • 303
    SHARES
  • एलन मस्कद्वारा युनाइटेड किन्ने घोषणा

    टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले इङ्ग्लिस प्रिमियर लिग फुटबल क्लब म्यानचेस्टर युनाइटेड किन्ने घोषणा गरेका छन् । ‘स्पष्ट हुनको लागि, म रिपब्लिकन पार्टीको आधा र डेमोक्रेटिक पार्टीको आधालाई समर्थन गर्दछु’ उनले ट्वीट गरे । र यो ट्विट लगत्तै उनले भने, ‘साथै, म म्यानचेस्टर युनाइटेडलाई स्वागत गर्दछु ।’

    images

    ट्वीट गर्ने क्रममा एलन मस्क कति गम्भीर छन् भन्ने कसैले पनि बुझ्न सक्दैन । तर, उनको भनाइले म्यान्चेस्टर युनाइटेडलाई उत्साहित बनाएको छ । म्यानचेस्टर युनाइटेडका फ्यानहरूले हालैका वर्षहरूमा क्लबको खराब प्रदर्शनका कारण वर्तमान अमेरिकी मालिक ग्लेजर परिवारलाई छोड्न आह्वान गरिरहेका छन् । 

    मस्कको ट्विटले ठूलो प्रतिक्रिया बटुलेको छ । एकजना ट्विटर प्रयोगकर्ताले सोधे, ‘के तपाई साँच्चै सोच्नुहुन्छ कि उनले ट्वीटर किन्दै छन ? वा काम नगलाग्ने कुरा गरिरहेका छन् । ’

    images

  • सम्बन्धित विषय:

  • # फुटबल