भदौ १ काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईलाई एन्फा कम्प्लेक्समा अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले स्वागत गरेका छन् ।
नेपालले घरेलु मैदानमा बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । मैत्रीपूर्ण खेलको मुख्य प्रशिक्षकमा प्रदीप हुमागाई रहनेछन् । गत बिहीबार बसेको एन्फा कार्यसमितिको बैठकले उनलाई नियुक्त गरेको हो । हुमागाईले सेप्टेम्बर २७ अर्थात असोज ११ मा काठमाडौंमा हुने बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्ने छन् ।
यस्तै आइतबार मात्रै प्रशिक्षक प्रदिप हुमागाईंले ४० खेलाडीलाई बन्द प्रशिक्षमा बोलाएका छन् ।
बन्द प्रशिक्षणका लागि बोलाइएको ४० खेलाडी
गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, विशाल श्रेष्ठ
डिफेन्डर : अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, चिरिङ गुरुङ, सुमन अर्याल, राजिन धिमाल, निशान खड्का, अमित तामाङ
मिडफिल्डर : संजोग राई, पुजन उपरकोटी, राजन गुरुङ, तेज तामाङ, अरिक विष्ट, सेसेहाङ आङ्देम्बे, सुदिप गुरुङ, विशाल राई, मनिष डाँगी, सुरज जेउ ठकुरी, सुवास गुरुङ, आभास लामिछाने, सुनिल बल, आयुष घलान, सुजल श्रेष्ठ, अनशन श्रेष्ठ
फरवार्ड : विमल घर्ती मगर, नवयुग श्रेष्ठ, आशिष चौधरी, ऋतिक खड्का, जर्ज प्रिन्स कार्की, आशिष चापागाई, अभिषेक रिजाल, भरत खवास



